January 15, 2026

गगनले अख्तियार लगाइदिएको मोहन बस्नेतको आरोप

नेपाली कांग्रेसका नेता तथा निलम्बित संसद मोहनबहादुर बस्नेतले महामन्त्री गगनकुमार थापाकै कारण अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूमाथि छानबिन अघि बढाएको दाबी गरेका छन् ।

टरामक्स प्रकरणमा मुद्दा खेपिरहेका उनले पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा गगनले आफूमाथि षड्यन्त्र गरेको आरोप लगाए । बैठकमा आक्रोशित हुँदै उनले महामन्त्रीकै कारण अख्तियारले आफूमाथि छानबिन अघि बढाएको जिकिर गरेका थिए ।

गगनले संसदमा आफूविरुद्ध चर्को कुरा गरेको भन्दै बस्नेतले आपत्ति जनाएका थिए । ‘मविरुद्ध लाग्ने तपाईं हैन? ढिलोछिटो पालो सबैको आउँछ। हेरौँला कोही चोखो हुने वाला छैन, सग्लै चोखिने वाला कोही छैन’, बैठकमा उनी यसरी खनिए ।

टेरामक्स प्रकरणमा बस्नेतविरुद्धको मुद्दामा विशेष अदालतले २५ लाख धरौटी लिएर तारेखमा छाड्न आदेश दिएको छ ।

जन मेडिया