February 4, 2026

हिक भिजन ‘ब्राण्ड’ का उत्कृष्ट वितरक सम्मानित,बागलुङका कंडेल पनि सम्मानित

काठमाडौं– सूचना प्रविधिका नवीनतम उपकरण उत्पादनमा विश्वप्रसिद्ध हिक भिजन ‘ब्राण्ड’ ले नेपालको विभिन्न सहरमा बिक्री वितरण गर्ने उत्कृष्ट वितरकलाई सम्मान गरेका छ ।

नेपालको आधिकारिक राष्ट्रिय वितरक म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिद्वारा चितवनमा आयोजित ‘वार्षिक वितरक भेला २०२५’ मा सम्मानित एवं पुरस्कृत हुने सर्वोत्कृष्ट १० कम्पनीमा क्रमशः अर्किड इन्टरनेसनल प्राइभेट लिमिटेड (काठमाडौं), जे फोर टिच प्राइभेट लिमिटेड (काठमाडौं), सुप्रिम ट्रेडर्स (काठमाडौं) छन् ।त्यस्तै न्यू इन्ट्री इनोभेटिभ सेल्स अवार्ड’बाट बागुङका युवराज कंडेल सम्मानित भएका छन् ।

कम्पनीद्वारा आइतबार जारी विज्ञप्ति अनुसार सो कार्यक्रममा ‘एक्सलेन्स डेमो सोरुम अवार्ड’ रिना इन्टरप्राइजेज (बनेपा), ‘इनोभेटिभ मार्केटिङ अवार्ड’ सिम्लिफाइ आइटी सोलुसन्स प्राली (वीरगञ्ज) ‘बेसट डिल अवार्ड’ दाजुभाइ ट्रेडर्स (बुटवल) ‘बेस्ट पेमेन्ट परफेन्स अवार्ड’ जेफोर टेक (काठमाडौं ‘प्रम्ट पेमेन्ट अवार्ड’ एटलास इन्फोटिच ग्रुप (बुटवल)लाई प्रदान गरिएको थियो भने ‘, ‘प्रोजेक्ट सेल्स एक्सलेन्स अवार्ड’ सिनर्जी आइटी सोलुसन्स (काठमाडौं) लाई प्रदान गरिएको थियो ।

पछिल्लो दिनमा हिक भिजन चीनबाट ‘सिसीटिभी सर्भिलेन्स’ सम्बन्धी ‘सिरिज’ घरायासी प्रयोजनदेखि पसल कार्यालय, विद्यालय, सभाहल, टोल, सार्वजनिकस्थललगायत आदिमा प्रयोग गर्न मिल्ने क्षमताको ‘सिसीटिभी’, हाजिरी उपस्थिति उपकरण, ‘स्मार्ट इन्टरआक्टिभ बोर्ड’, ‘लक सिस्टम’, ‘गेट ब्यारिअर’, ‘अलार्म सिष्टम’, ‘फायर स्मोक’ लगायत ‘डिटेक्टर सिष्टम’, ‘अन्डर भेहिकल सर्भिलियन्स सिष्टम’ ‘एक्सरे मेसिन’लगायत उपकरण उत्पादित छन् । यी उपकरण विश्वबजारमा लोकप्रिय छ ।

सो वितरक भेलामा देशभरका हिक भिजन ‘ब्राण्ड’को नेपालको आधिकारिक वितरक सहभागी भएका थिए । भेलामा हिक भिजन चीनका नेपाल देशीय व्यवस्थापक झी हिक भिजन ‘ब्राण्ड’का उत्पादनले विश्वबजारमा पहिलो स्थान प्राप्त गरेका दाबी गर्दै यो विश्वास र गुणस्तरीयता कायमै राखिने जानकारी दिए ।

जन मेडिया