
अहमदाबादमा भएको एयर इन्डिया विमान दुर्घटनामा मृत्यु हुनेको संख्या दुई सय ७४ पुगेको छ। यो दुर्घटनामा यात्रुहरूबाहेक स्थानीय बासिन्दा पनि मारिएका छन्। घटनास्थलमा भग्नावशेष हटाउने कार्य तीव्र गतिमा जारी छ र करिब १० जना कामदार यो काममा संलग्न छन्।
बिहीबार दिउँसो लन्डनको ग्याटविकतर्फ जाँदै गरेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै मेघानी नगरको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।
विमानमा दुई ४२ जना सवार थिए, जसमध्ये १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगिज र एक क्यानेडाली थिए। दुर्घटनामा एक जना बेलायती–भारतीय मूलका विशवशकुमार रमेश, जो सिट ११ए मा बसेका थिए, मात्र बाँचेका छन्।
दुर्घटना भएको ३० घण्टाभन्दा बढी समय बितिसक्दा डीएनए परीक्षणमार्फत पहिचान भएका केवल छ। पीडितका शव परिवारलाई हस्तान्तरण गरिएको छ। धेरैजसो शव जलेर वा क्षतिग्रस्त भएकाले पहिचानमा कठिनाइ भइरहेको भारतीय अधिकारीहरूले जानकारी दिएका छन्।
दुर्घटनाको सम्भावित कारण इन्धनमा मिसावट मानिएको छ। राष्ट्रिय एयरोस्पेस प्रयोगशालाका पूर्व उपनिर्देशक शालिग्राम जे. मुरलीधर भन्छन्, ‘यदि इन्धनमा मिसावट छ भने, त्यसमा पर्याप्त शक्ति हुँदैन, जसले विमानलाई राम्रोसँग उड्न गाह्रो हुन्छ।’ यद्यपि, यो प्रारम्भिक अनुमान मात्र हो र भारतको विमान दुर्घटना अनुसन्धान ब्युरो (एएआईबी) ले औपचारिक अनुसन्धान सुरु गरेको छ। दुर्घटनास्थलबाट दुईवटा ब्ल्याक बक्समध्ये एउटा फेला परेको छ, जसले अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
विमानले टेकअफ गरेको ३० सेकेन्डमै ठूलो आवाज आएको थियो। त्यसपछि दुर्घटना भएको बाँचेका एक मात्र यात्रु रमेशले बताएका छन्। उनले विमानको आपतकालीन ढोकानजिकै सिट ११ए मा बसेर बाँचेको सुनाएका छन्। एनडीटीभी
थप सामाग्री
गगनले अख्तियार लगाइदिएको मोहन बस्नेतको आरोप
आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री
दुबईबाट काठमाडौं आएकी महिला १ किलो बढी सुनसहित पक्राउ