
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीया खेमानी मिना सुजित सिंह रहेकी छन् ।
उनको साथबाट ११६० ग्राम सुन बरामद गरिएको विमानस्थल सुरक्षा उच्च स्रोतले जानकारी दियो । स्रोतका अनुसार उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।
उनी एयर अरेबियाको उडानमा दुबईबाट काठमाडौं आएकी थिइन् । यसबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।
जन मेडिया

थप सामाग्री
अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता
गण्डकीमा ३५ हजार गर्भवती हुँदा आधाभन्दा कमले जन्माउँछन् बच्चा
सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी