काठमाडौँ । रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका छन् ।
अधिकारीले पाथीभरा माता नाम गरेको फेक फेसबुकमार्फत रोजगारीका विभिन्न प्रस्तावहरूको प्रचार गरेका थिए । त्यसका लागि फिजिकल फिटनेसको चेकजाँच गर्नुपर्ने भन्दै नग्न फोटो तथा भिडियो माग्ने गरेका थिए ।
नग्न फोटो तथा भिडियो गरी प्राप्त गरे पश्चात् उनले भने अनुसारका गतिविधि नगरे सोही भिडियो तथा फोटो सामाजिक सञ्जालमा पब्लिक गरिदिने भनी ब्ल्याकमेल गरी दुःख हैरानी दिने गरेका थिए । प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दीपक राज अवस्थीका अनुसार यस विषयमा आवश्यक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट यस्तो गर्ने व्यक्ति अधिकारी रहेको खुल्न आएको थियो ।
जन मेडिया



थप सामाग्री
अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता
गण्डकीमा ३५ हजार गर्भवती हुँदा आधाभन्दा कमले जन्माउँछन् बच्चा
सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी