
बैशाख १३, काठमाडौँ । धुम्बाराहीमा रहेको प्रोलिफिक सेकेण्डरी स्कुलका प्रिन्सिपल गोपालबहादुर महतले नक्कली परीक्षार्थी खडा गरेको पाइएको छ । आफ्ना भाइहरूलाई कक्षा १२ पास गराउनका नक्कली परीक्षार्थी खडा गरेको पाइएको हो ।
एक व्यक्तिको परीक्षाको फारममा अर्को व्यक्तिको फोटो टाँसेर राष्ट्रिय परीक्षा बोर्डमा पठाएको पाइएको हो । बोर्डका कर्मचारीहरूले समेत रूजु नगरी बोर्डका छाप तथा परीक्षा नियन्त्रकको हस्ताक्षर गरेर सदर गरेको देखिन्छ ।
त्यस्तै प्रशान्त विष्टको नाममा २०७८ सालमा पासआउट भएका विद्यार्थी प्रस्ताव केसीको फोटो राखेको पाइएको हो । प्रिन्सिपल गोपालका अर्का भाइ तिलबहादुर महतको नाममा कृष्ण भुसालको फोटो टाँसेर परीक्षा बोर्डमा पठाएको पाइएको हो ।
यता मुकेश चन्द र विवेक न्यौपानेको नाममा समेत अर्कै व्यक्तिको फोटो टाँसेर पठाएको पाइएको हो । त्यसरी नाम एउटाको र फोटो अर्कैको भरेर पठाएको फारम परीक्षा बोर्डबाट रुजु भएको पाइन्छ । जबकि विद्यार्थीले कक्षा १२ मा अध्ययन गर्ने बेला भरिने रजिस्ट्रेसन फारममा एउटा व्यक्तिको फोटो छ भने परीक्षाका लागि भरिने परीक्षा फाराममा अर्कै व्यक्तिको फोटो देखिन्छ ।
जन मेडिया

थप सामाग्री
अख्तियार प्रमुखविरुद्ध नै अख्तियारमा उजुरी दर्ता
गण्डकीमा ३५ हजार गर्भवती हुँदा आधाभन्दा कमले जन्माउँछन् बच्चा
सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी