
काठमाडौंको नयाँ सडक र विशाल बजार वरपरको फुटपाथ बिस्तारको विरोध गर्दै वडा नम्बर २२ का वडाध्यक्ष बिहानैदेखि जुद्ध शालिकमा उभिएका छन् । वडाध्यक्ष चिनिकाजी मर्हजनको नेतृत्वमा करिब पाँच दर्जन स्थानीयबासीले फुटपाट बिस्तारको विरोध गरेको प्रहरीले जनाएको छ ।
वडाध्यक्षसँगै २२ वडा सदस्य अनिल हाडा पनि नाराबाजी र प्रदर्शनमा सहभागी भएका हुन् । फुटपाथ बिस्तारका लागि सो क्षेत्रमा महानगर प्रहरी बलको एसएसपी राजुनाथ पाण्डेको नेतृत्वमा झण्डै एक सय जना नगर प्रहरी तैनाथ गरिएको छ ।
त्यसैगरी नेपाल प्रहरीले डिएसपीको कमाण्डमा ३० जना खटाएको छ । स्थानीयबासिन्दाले विरोध प्रदर्शन रिपोर्टिङमा पुगेका तीनजना मिडियाकर्मीलाई त्यहाँबाट धपाएको बताइएको छ ।
थप सामाग्री
सिंहदरबारभित्रबाटै हरायो श्रम मन्त्रालयको गाडी
गगनले अख्तियार लगाइदिएको मोहन बस्नेतको आरोप
आगामी आर्थिक वर्षमै मिथेन ग्यासको व्यवसायिक उत्पादन सुरू हुन्छ : प्रधानमन्त्री