
बैशाख ११, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा नवीन समझदारीका आधारमा राजसंस्था स्थापना गर्न माग गरेका छन् । मंगलबार कतारका राजा शेख तमिम बिन हमद अल थानीलाई नेपाल भ्रमणमा स्वागत गर्दै उनले कतारका राजालाई नेपाल सरकारले राखेको स्वागत कार्यक्रमको प्रशंसा गरेका हुन् ।
उनले नेपालमा पनि राजसंस्था राख्नका लागि हीनताबोध नगर्न र नयाँ समझदारीका साथ राजसंस्था पुनर्स्थापना गर्न आग्रह गरेका छन् । लिङ्देनले लेखेका छन्, ‘लाखौँ नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमिम बिन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ ।
कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ । नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ ।
थप सामाग्री
संविधान र लोकतन्त्रको रक्षाका लागि दुई बुँदे गर्नुपरेको प्रचण्डको तर्क
झोले युगको उदय
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड