काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनता गणतन्त्रप्रति नभई वर्तमान सरकारप्रति असन्तुष्ट रहेको बताएका छन् ।उनले नेपाली जनताले गणतन्त्रबाट नै आम नागरिकको जीवनमा परिवर्तन आओस् भन्ने चाहना राखेको बताएका हुन् ।
गणतन्त्र कि राजतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्न तपाईँहरू तयार हुनुहुन्छ भन्ने प्रश्नमा प्रचण्डले यो वाहियात कुरा भएको बताए । ‘संविधानससभा निर्वाचनमार्फत शतप्रतिशत मतमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि के को जनमत सङ्ग्रह ? जनमत सङ्ग्रह भनेको त धेरै तल्लो कुरा भयो’ उनले भने ।
अध्यक्ष प्रचण्डले आफूले तराईमा झन्डै एक करोड मान्छेसँग भेटघाट गरेको र मध्यपहाडी लोकमार्गअन्तर्गत पनि लाखौँ जनतासँग भेटेर फर्किएको बताउँदै यथार्थतामा गणतन्त्र कमजोर भयो भन्ने भाष्य बिलकुल गलत रहेको दाबी गरे । अध्यक्ष प्रचण्डले वर्तमान सरकारको गलत काम कारबाहीको कारण जनतामा निराशा बढेको भने स्वीकार गरे ।
राजावादीहरूले वर्तमान सरकारको गलत क्रियाकलापबाट फाइदा उठाउँदै जनतामा बढेको असन्तुष्टिलाई क्यास गर्न खोजेको उनको आरोप छ ।
‘सरकारको नेतृत्व गर्ने पार्टीका कतिपय गलत काम कारबाहीको बारेमा नेतृत्वप्रति वितृष्णा जनतामा भएको छ । अझ पछिल्लो अहिलेको सरकार जो छ, त्यो सरकारको गलत क्रियाकलाप भ्रष्टाचारको बारेमा या सुशासनको बारेमा, सामाजिक न्याय र विभेदको बारेमा सरकारको गलत कामका कारणले मान्छेमा सरकारप्रति रुष्ट त भएकै छन् । त्यो सरकारप्रतिको असन्तुष्टिलाई राजावादीहरूले क्यास गर्न खोजेका छन्,’ उनले भने ।
जन मिडिया नेपाली समाचार पोर्टल हो, जसले सधैं आवाज विहीनहरूको आवाज उठाउँछ। हामी जनताको सही सूचनाको अधिकारमा दृढ विश्वास गर्छौं र नेपाली बजारमा आफ्नो प्रामाणिक र निष्पक्ष समाचार, गहिरो रिपोर्टिङ, विश्लेषणात्मक सामग्री, जनताको आवाजको सूक्ष्म प्रस्तुति र अनुसन्धानमूलक पत्रकारिताका लागि प्रतिबद्द छौं।
थप सामाग्री
संविधान र लोकतन्त्रको रक्षाका लागि दुई बुँदे गर्नुपरेको प्रचण्डको तर्क
झोले युगको उदय
‘मिलनविरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाए’-रास्वपा