
मंगलबारे । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा अर्थशास्त्री स्वर्णिम वाग्लेले इलामको निर्वाचन आफूहरूले जिती सकेको तर निर्वाचन आयोगले घोषणा मात्रै गर्न बाँकी रहेको बताएका छन्
इलाम उपनिर्वाचनको मौन अवधि सुरु हुनु अगावै बुधबार पार्टीले राखेको बृहत् आमसभामा बोल्दै वाग्लेले चुनाव जितिसकेको बताएका हुन् । ‘राजनीति भनेको अङ्कगणितको मात्रै कुरा होइन, त्यसो त मतगणना हुन बाँकी नै छ, तर हामीले चुनाव जितिसकेका छौँ,’ वाग्लेले भने ।
रास्वपाको तनहुँबाट संघीय सांसद रहेका वाग्ले इलाममा वैशाख १५ मा हुन लागेको उपनिर्वाचनको प्रचार–प्रचार तथा घरदैलो कार्यक्रममा सक्रिय छन् । बुधबार राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु हुनु अगावै आज रास्वपाले इलामको देउमाइ नगरपालिकाको मंगलबारेमा तथा इलाम नगरपालिकाको चोक बजारमा बृहत् आमसभाको आयोजना गरेको छ ।
मन्तव्य राख्ने क्रममा आफ्ना उम्मेदवार मिलन योङहाङ लिम्बूका विरुद्ध विरोधी राजनीतिक दलहरूले अफवाह फैलाई रहेको बताउँदै उनले पुराना दलहरू पराजयबाट तर्सिएको बताए । ‘रास्वपा अहिलेको बिग्रिएको राजनीतिलाई संग्ल्याउन, आशाको राजनीति गर्नका लागि जनताको घरदैलोमा आएको हो । तर पुराना दलहरू उसको अभियानबाट अत्तालिएका छन् । त्यसैले आरोप प्रत्यारोपमा उत्रिएका छन्,’ उनले भने ।
जन मेडिया

थप सामाग्री
संविधान र लोकतन्त्रको रक्षाका लागि दुई बुँदे गर्नुपरेको प्रचण्डको तर्क
झोले युगको उदय
जनताको असन्तुष्टि सरकारप्रति हो, गणतन्त्रप्रति होइन : प्रचण्ड